गगन थापालाई सरकारको रत्तिभर विश्वास छैन

314

जेठ ५,
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगन थापाले सीमामा अलपत्र नागरिक फिर्ता ल्याउन नसक्ने सरकारले माटो फिर्ता ल्याउँछ भन्ने रत्तिभर विश्वास नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै थापाले मान्छे जोगाउन नसक्ने सरकारले भूमि पनि जोाउन नसक्ने दाबी गरे ।

‘जसले सीमानामा अलपत्र परेको मेरो नागरिक, साथीलाई जोगाउन सक्दैन, त्यसले मेरो भूमि फिर्ता ल्याइदिन्छ । कहिले कहाँ यो संसदमा बहस हुन्छ । राष्ट्रियता भनेको बाटो हो कि मान्छे हो रु दुई वटै हो सभामुख महोदय । जसले आफ्नो मान्छे चिन्न सक्दैन, जसले आफ्नो मान्छे जोगाउन सक्दैन, त्यसले बाटो जोगाउन पनि सक्दैन ।’