कविताः म कसरी भनौं तिमीलाई नेता

432

-प्रकाश कार्की

न त तिमीले विचार बोक्यौ, न त सिद्धान्त,
न बाक्यौं राजनीति संस्कार, न त आपसी भाइचारा र सद्भाव
न त तिमीले जनताको जीवनमा नविन नेतृत्व दिलाउन सक्यौ
न त सुख अनि समृद्धि
त म कसरी भनौं तिमीलाई नेता ।

न त तिमी असल छौ, न त योग्य
न त स्रोत साधनको सविचित्र सदुपयोग गर्ने स्रोत जुटाउने र
विकासको पक्षमा सबैलाई हिँडाउने क्षमतावान क्षमता नै छ
त म कसरी भनौं तिमीलाई नेता ।

बिना लगानी सजिलै आर्थिक लाभ लियौ
जनता र देशको जीवनस्तरलाई शून्य पा¥यौ
विकास, उन्नती र समुन्नत परिवर्तनलाई नारामा सिमित राख्यौ
देशमा सुशासनको भाषण गर्दै दिनहुँदिन
कुशासनलाई बढवा दियौ
त म कसरी भनौं तिमीलाई नेता ।

ठाउँठाउँमा भाषण र आसनका लागि मरिमेट्यौ
आफ्नो स्वार्थका लागि कहिले जनजाती त कहिले मधेशी
त कहिले थारुका हक अधिकारको लागि भन्दै
राज्य विभाजनको संगोलमा तिमीले मूलुकलाई पुर्यायौं
त म कसरी भनौं तिमीलाई नेता ।

देशकै सर्वोच्च कानुन आफू अनकुल व्याख्या गर्दै
संविधान र विधिको साशनको धज्जी उडायौ
विकासका वाधक भन्दै कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र
त कहिले गणतन्त्रको प्रत्याभूति दिलायौ
नयाँ सोच,नयाँ व्यवस्था पनि ल्यायौ
तर न तिमी परिवर्तित भयौ न त तिम्रो शैली
त म कसरी भनौं तिमीलाई नेता ।

हरेक व्यवस्थामा तिमीले सुख पाइरहने जनताले भने दुख
बेराजगारीको समस्याले डिग्री पास
खाडी मूलुकमा रगत पसिना एकै बनाइरहनु पर्ने
तिमी भने औठा छाप यो मूलुक तिम्रो
बढ्यौलीको अन्तिम साससम्म चलाइरहनु पर्ने
त म कसरी भनौं तिमीलाई नेता ।

हरेक चोटी नयाँ आशा र भरोशा दिलाउँदै
कयौं आशाका आश्वासनका पोका बोकी
म यस्तो गर्छुम उस्तो गर्छु भन्दै आउछौ
आएको भोलिपल्ट देखिनै देशको साधन स्रोतको दुरुपयोग गर्दै
विभिन्न सन्धिका वाहानमा आफ्नो आमालाई निवस्त्र पार्दै
टुक्रा टुक्रामा अंग बेच्छौ
त म कसरी भनौं तिमीलाई नेता ।

इतिहासमा कहिल्यै पराधिन नभएको मूलुकलाई दिनप्रतिदिन
पराधिनको पराकाष्टमा पु¥याउँदै छौ
स्वतन्त्र, सर्वाभौमलाई लम्पसारवादमा छाडिदिन्छौ
दिनप्रतिदिन मूलुकको सिमान विदेशीले अतिक्रमण गर्दा पनि
खै कती कारणले तिमी सँधै मौन बस्छौ
त म कसरी भनौं तिमीलाई नेता ।

भ्रष्टाचार, कालोबजारी, बलात्कार, कमिशनको चलखेल,
बेरोजगारी र तमाम वेथिति जनतालाई दिलाएको
तिम्रो लागि उपहार भो
वीर नेपालीको भूमिमा देश र जनतालाई माया गर्ने भन्दापनि
विदेशीको दलाली गर्ने त्यो तिम्रो बानीलाई
त म कसरी भन्नसक्छु तिमीलाई नेता ।