आउनुस् हामी पनि बुद्ध बनौं

507

-रमेश प्रजापति
२०४५ सालको शायद फागुन/चैत्र महिना तीर होला त्यतिखेर म नेकपा मशालको सदस्य भई भक्तपुर जिल्ला ४ नं. एरिया समितिको शेल सदस्यको रुपमा कार्यरत थिएं । पञ्चायत काल भएकोले पञ्चायत व्यवस्था विरोधी अनेक गतिविधि मध्ये कवि, लेखक, साहित्यकार, पत्रकार, विद्यार्थी र बुद्धिजीविहरुको “प्रतिभा प्रबाह” नामक एउटा साहित्यीक कार्यक्रम हुन्थ्यो । दमनको बीचमा पनि त्यो कार्यक्रम कहिले ल क्याम्पस, कहिले रत्नराज्य क्याम्पस र कहिले त्रिचन्द्र क्याम्पसमा हुन्थ्यो । त्यो कार्यक्रम क्याम्पसको कक्षा कोठामा भएपनि त्यतिखेरका चर्चित हस्तीहरु गोबिन्द वर्तमान, पद्म रत्न तुलाधर, रामेश, रायन देखि पारिजातहरुको पनि सहभागीता हुन्थ्यो ।

महिनाको हरेक तेस्रो शनिबार हुने त्यस कार्यक्रममा स्व.शक्ति लम्साल शहिद कृष्णसेन इच्छुक, ईश्वर चन्द्र ज्ञवाली, मणि थापा, हितमान शाक्य स्व.खुशीराम पाख्रीन दाजुहरु र मोफसलका कवि लेखकहरु लगायत कहिलेकाँही मैले पनि आप्mनो रचनाहरु वाचन गर्थे । त्यस कार्यक्रममा पञ्चायती व्यवस्थाको तिव्र विरोध गरिएर वाचित गरिएका रचनाहरुको प्रो.माणिकलाल श्रेष्ठ, मल्ल के. सुन्दर, डा.ताराकान्त पाण्डे, डा.जगदिश भण्डारीहरुले समालोचना र टिप्पणीहरु गर्नु हुन्थ्यो ।

त्यसै मेसोमा एकदिन स्व. शक्ति लम्साल, पत्रकार महेश्वर दाहाल र म त्यस समयका महान् साहित्यकार पारिजातको निवास म्हेपि जाने संयोग जु¥यो । जुन उत्साह र उमगंका साथ पारिजातको निवासमा गए त्यतिखेर मेरो अलिअलि उग्र कम्युनिष्ट चेतका कारण झण्दैे झण्दै पारिजात प्रति समेत मेरो नकारात्मक दृष्टिकोण बनिसकेको थियो । कारण थियो उहाँको घरको भित्तामा रहेका दुईवटा तस्वीर । त्यस मध्ये एक तस्वीर महान कान्तिकारी चे ग्वे भारा र अर्को सिद्धार्थ गौतम बुद्ध । चे ग्वे भारा त मलाई संसारको सबभन्दा मनपर्ने साम्राज्यवादी विरोधी सिमाहिन योद्धा भई हाल्यो । तर सिद्धार्थ गौतम बुद्ध किन पारिजातको कोठामा ? अलिअलि विरोधाभाषपूर्ण कुरा भयो कि भने लागि रह्यो । त्यो जमानामा उहाँ स्वयम एक विद्रोही लेखक, साहित्यकार तथा राल्फा अभियानको सदस्य भएर पनि किन त्यो तस्बिर कोठामा झुन्ड्याको होला भनि घोत्लिदैं उहाँको निवासबाट बाहिरिए पछि पक्कै कुनै कारण त होला नि भन्दै सोच मग्न हुन बाध्य परे ।

त्यहीबेला देखि गौतम बुद्ध सम्बन्धि पुस्तकहरु अध्ययन गर्दै जाँदा बल्ल उहाँको भित्तामा बुद्धका तस्बिर किन झुण्ड्याइएको होला भनि जवाफ पाएँ । वास्तवमा अहिले पनि म कुनै धर्ममा लागिएको छुइन । एक किसिमको आस्तिक पनि भएपनि म हरेक मानिसको अधिकारको सम्मान गर्छु । अर्काको विरोध नगरिकन कारणको अध्ययन गर्छु सोही बेलादेखि सिद्धार्थ गौतम बुद्ध सम्बन्धि अध्ययन गरेका केही कुराहरु २५६४ औं सिद्धार्थ गौतम बुद्धको जयन्तीको उपलक्ष्यमा सबैमा शान्ति र सुस्वास्थ्यको कामना सहित यहाँ प्रस्तुत गर्दछु ।

संसार बदल्नु छ, शुरु आफैबाट गर्नु छ – योगी विकाशानन्द
कम्युनिष्ट क्रान्तिकारीहरुले आप्mनो टाउकोमा आफै आगो लगाउन तयार हुनुपर्छ । – माओ त्से तुड्ड

समाज बदल्ने अभियन्ता र क्रान्तिकारी मार्ग दर्शकहरुले केबल सन्देश र उपदेश मात्र दिदैन । महान् मानिसहरुले सबैकुरा आफैबाट शुरु गर्छन । जस्तो कि सिद्धार्थ गौतम बुद्धले गरेर देखाइ दिनुभयो । तात्कालीन २५०० वर्ष अगाडी गौतम बुद्ध स्वयम असाध्यै ठूलो विद्रोही हुनुहुन्थ्यो । उहाँले दुःख, दुःखको कारण, दुःखको निवारण र शान्तिको खोजमा आफैले आफ्नो टाउकोमा आगो लगाई मुक्तियात्रामा निस्केको महान् क्रान्तिकारी हुनुहुन्थ्यो ।
शान्ति, प्रेम, सद्भावको लागि सिंहासन, दरवार, परिवार र देशै त्याग गरिदिनुभयो । राग, द्वेश, मोह, तृष्णा, डर, भय, घृणा, रिस व्यक्तिमा आउन सक्ने शान्ति र प्रेमका वाधकहरुलाई हटाउन त्यतिखेर प्रचलितमा रहेका सम्पूर्ण रितिरिवाजका विरुद्ध धावा बोल्नुभयो । आज त यस्तो अवस्थामा रहेको (पटना, बिहार, दिल्ली, यूपी, पाकिस्तान, अफगानिस्तान) २५०० वर्ष अगाडी कलिड्ड, मगध, कोलिए, तक्षशिला, गान्धार राज्यहरु कस्तो होला ?, घोर सामन्तिप्रथा दासप्रथा जातिय प्रथा यथावत रहेको त्यसबेलाको दरवारमा राजकुमारको रुपमा जन्मिएर पनि सिद्धार्थले सबैकुराहरु सँग सम्झौताहीन विद्रोह गरी सारा भारतवर्षको इतिहास नै बदल्नु भयो । न नारी न नर, न दलित न ब्राम्हण, न राजा न रैति सबैको मष्तिस्कमा पुरातनमा चलिआएको मान्यताको ठाउँमा नविनतम मान्यताको क्रान्तिकारी विचार भरिदिनुभयो । राज्यको ठाउँमा भिक्षुहरुका संघहरु, लडाकुहरुका स्थानमा चेतनाले युक्त राग द्वेश–कलेशमुक्त भिक्षुहरु, सिमाना रहित, जात रहित, धर्म रहित, मानवताका विशाल साम्राज्य खडा गरिदिनुभयो । ति सम्पूर्ण कुरा उहाँ स्वयम आप्mनै भित्री मनसँग विद्रोह गरि प्राप्त गरेको ज्ञानले नै हो । उहाँले केवल मानव मात्र नभई जगत प्राणी, पृथ्वी र लोकग्रहहरुकोबारेमा पनि चलिआएको विचारमा सश्लेषण गरी नविन विचारको प्रतिस्थापना गर्नुभयो । त्यसैले उहाँ एक सर्वज्ञ गुरुको रुपमा सधैं मानव जगत प्राणीको लागि आदरणीय हुनुहुन्छ ।

संयोग तात्कालीन शाक्य राज्यको राजधानी कपिलवस्तु र सिद्धार्थ गौतम जन्मेको लुम्बिनी बगैंचा हाम्रै नेपाल भित्र पर्छन् । यो कुरामा हामीले गर्व गर्नुपर्छ । सिद्धार्थ गौतम बुद्ध पछि संसारका धेरै राष्ट्रहरु सिमाना विहिन भए लाखौं मानिसहरुले जलथल, चराचर जगतको ज्ञान प्राप्त गरी बोधिसत्व प्राप्त गरे । त्यो परम्परा सयौं वर्षसम्म कायम नै रह्यो । तर जब समाजका केहि स्वार्थी मानिसहरुले सर्वज्ञ गुरु बुद्धलाई देवत्वकरण गर्दै उहाँलाई शालिक र मुर्तिमा कैद गदैं उहाँलाई देखावटी पुजाआजा र धुपदिपको प्रचलन चलाई पुनः पुरानै सिमाना राज्य, धर्म, जात, संस्कृति र हतियारबद्ध झुण्डहरु तयार गरी रिसराग, द्वेश र घृणा डर भयको राज्य खडा गरे । यसरी नै नेपालमा पनि २५०० वर्ष अगाडि उहाँले जन्म लिनुभएको ठाउँ उहाँले विद्रोह गरेर ससमान शान्ति र प्रेम पूर्वक बाँचेको देश नेपाल २५० वर्ष अघिदेखि अशान्त भई पुनः सिद्धार्थ गौतम जन्मनु अघिकै अवस्थामा पुगेको छ । यहाँ न राष्ट्रियता बलियो छ ? न जातिभाषा धर्मको समानता छ ? न राजनीतिक र मानव अधिकारछ ? न त रोग–भोकको उचित स्याहार सुसार छ ? न शिक्षा न अधिकार र कर्तव्यको बोध छ ? जुनसुकै दृष्टिले हेर्दापनि यो गौतम बुद्ध जन्मेको देश भन्न सुहाउँदैन । २५० वर्षदेखि केवल राज्य दोहनका केही पात्र र वशंहरु फेरिएका छन् । जनताका समस्याहरु ज्यूका त्यु नै छन् ।

विकासको यो युगमा आइपुगेपनि हाम्रो देश नेपाल बुद्ध भन्दा पहिलाको दास मानसिकताबाट मुक्त हुनु सकेको छैन् । भय र त्रासबाट उम्किन सकिएको छैन् । यत्रवत्र जहाँतहीँ लोभलालच र अशान्त व्याप्त छ । त्यसैले तपाई शान्तिपूर्ण प्रेमपूर्वक आत्मसम्मान जनक जिवन बाँच्न चाहनुहुन्छ भने तपाई आफैबाट बुद्ध बन्न शुरु गर्नै पर्छ । तपाईले यथास्थितिसँग संघर्ष गर्नैपर्छ । बिना संघर्ष यहाँ कसैले केही पनि हासिल गरेको इतिहास छैन । शाह, राणा, वर्तमान राजनीतिक पार्टीहरुले पनि संघर्षद्धारा नै आप्mनो विरासत खडा गरेको हो । उनीहरुले राष्ट्र र जनताको दुहाई दिदैँ स्वार्थको विरासत खडा ग¥यो । लोभी, चाकडी र गुलामीको विरासत खडा ग¥यो । हामीले शान्ति र प्रेमको विरासत खडा गर्ने हो भने पहिला हामी बुद्ध हुनैपर्छ । हामीले पनि बुद्धले जस्तै विद्रोहको बाटो लिनैपर्छ । तर विद्रोह रुप कस्तो हुन्छ भन्ने कुरा तपाई भित्र रहेको बुद्धले नै निर्णय गर्ने छ ।
सर्व मंगलम !!!
                                               यो लेखकको नीजि बिचार हो -सम्पादक