Thursday, October 29, 2026
Home प्रवास विदेशमा एक लाख २७ हजार नेपाली अलपत्र

विदेशमा एक लाख २७ हजार नेपाली अलपत्र

593

बैशाख २५,
काठमाडौ‌ं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले वैदेशीक रोजगारमा गएका चार लाख भन्दा बढी नेपाली श्रमीक घर फर्किन चाहेको बताएको छ। बुधबार प्रतिनिधि सभाको श्रम, तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बैठकमा श्रममन्त्री रामेश्वर राय यादवले उक्त कुराको जानकारी गराएका हुन्। मन्त्रालयका अनुसार विदेशमा चार लाख सात हजार नागरिक तत्काल स्वदेश फर्किन चाहेका छन्। तीमध्ये एक लाख २७ हजारलाई तत्कालै उद्धार गर्नुपर्ने अवस्था छ। उनीहरु मध्ये कसैको भिसाको अवधी सकिएको छ भने कोहीले आममाफी पाएका छन्। मन्त्रालयका अनुसार मलेसियाबाट सात हजार, कतारबाट ७५ हजार, साउदी अरबबाट २० हजार, संयुक्त अरब इमिरेट्स ९यूएई०बाट १२ हजार, कुवेतबाट नौ हजार, बहराइनबाट तीन हजार पाँच सय र ओमानबाट पाँच सय श्रमिक तत्काल फिर्ता गर्नुपर्ने छ। भिसाको म्याद सकिएका, यसअघि अवैध रूपमा बसेका र अहिले आममाफी पाएका तथा कोरोनाका कारण रोजगारी गुमाएका नेपाली तत्काल स्वदेश फर्किन चाहेको मन्त्रालयले जनाएको छ।

वैदेशीक रोजागरीका लागि विभिन्न सात देशमा गएका नेपालीको संख्या १३ लाख ४८ हजार ८ सय ७२ रहेको छ। ती मध्ये २ लाख ८० हजारले कोरोनाका कारण रोजगारी गुमाएर फर्किने आँकलन मन्त्रलायले गरेको छ। जसमा मलेसीयमा ३० हजार कतारमा ७० हजार नेपाली श्रमिकले रोजागरी गुमाउने आँकलन मन्त्रलायलको छ। त्यस्तै साउदी अरबमा एक लाख नेपाली श्रमिक बेरोजगार हुने मन्त्रलायले जनाएको छ। युनाइटेड अरब युएईमा ५५ हजार नेपाली बेरोजगार हुनेछन भने कुवेतमा १५ हजारले रोजागर गुमाउनेछन्। त्यस्तै बहराइनमा ७ हजार र ओमानमा ३ हजार बेरोजगार हुने छन्। सरकारले विदेशबाट फर्किन चाहने नेपालीका लागि उद्धार संयन्त्र बनाएको छ। यसमा स्वदेश फिर्ता व्यवस्थापन समिति बनाउने र त्यसबाट उद्धारका लागि काम गर्ने तयारी गरेको छ। श्रम, परराष्ट्र, गृह, पर्यटन, स्वास्थ्य, सङ्घीय मामिला तथा अन्य विभागको सहभागितामा यस्तो समिति बन्नेछ। मन्त्रलायले भने भारतमा रोजगारीमा गएका नेपालीको तथ्यांक भने समेटेको छैन्।