संसदमा प्रधानमन्त्री ओलीको राजीनामा मागे बाबुरामले

411

बैशाख २६,
काठमाडौं । प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् । बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै डा। भट्टराईले प्रधानमन्त्री ओलीलाई जीर्ण शरीरलाई आराम दिनआग्रह गरे । उनले भने, अरु अरुलाई आरोप प्रत्यारोप गर्नुभन्दा आत्मलोचना गर्नुपर्छ, यो देशमा ३८ जना प्रधानमन्त्री भइसकेका छन्, कुन प्रधानमन्त्रीलाई कसले सम्झि रहेका छन् त्यो थाह छैन तर कुर्सीमा बसेका पनि जनताले सम्झने खालको काम गर्नुपर्छ । प्रधानमन्त्रीको लोभ नगरी नयाँ व्यक्तिलाई ल्याउन पनि उनले सुझाव दिए ।

६० लाख भन्दा बढी नेपालीहरुमध्ये एक चौथाइ नेपाली अलपत्र बन्ने उनले १५ देखि २० लाख नेपाली स्वदेश फर्किने अवस्था रहेको भट्टराईले बताए । उनले भने, ‘हामीले तिमी नआउ भन्न मिल्दैन, आउन भनिएन भने संविधान विपरित कार्य हुन्छ । ७२ लाख श्रमिकमध्ये ६० प्रतिशत अस्थायी खालका श्रमिकहरु छन् त्यसको बेहाल छन् । बाध्यतावस विदेशमा श्रम गर्न पुगेकालाई अत्यन्त गम्भीर अवस्थामा स्वदेशमा नआऊ भन्न नमिल्ने भट्टराईले बताए ।