सेना परिचालन गर्ने तयारी

923
सांकेतिक तस्विर

बैशाख २४,
काठमाडौँ । सरकारले भारतीय सिमानाबाट पाँच किलोमिटर दूरीमा नेपाली सेनाको गस्ती टोली परिचालन गर्ने भएको छ । दक्षिणतर्फका नाका सिल गर्न खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि भारतीयबाट सांघातिक हमला र दुव्र्यवहार घटना हुनुका साथै अवैध प्रवेश नरोकिएपछि गृहमन्त्री स्तरीय निर्णयबाट सेना परिचालन गर्न लागिएको हो । यसका लागि गृह मन्त्रालयले मंगलबार सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकेको छ ।

तेस्रो तहमा सेनालाई तैनाथ गराउँदा जबर्जस्ती अवैध प्रवेश गर्नेका लागि मनोवैज्ञानिक त्राससमेत सिर्जना हुने गृहको बुझाइ छ । पूर्वदेखि सुदूरपश्चिमसम्म १ हजार ८ सय ८० किमि दूरीमा नेपालका २३ जिल्ला भारतसँग जोडिएका छन् ।

चैत ११ गते लकडाउन सुरु भएसँगै सीमा हँुदै आवतजावत नियन्त्रण गर्न भारततर्फ सशस्त्र प्रहरीका १ हजार २ सय १३ र नेपाल प्रहरीका ४ सय ७० स्थानमा चेकप्वाइन्ट खडा गरिएका छन् । यी स्थानमा करिब ३० हजार सुरक्षाकर्मी परिचालित छन् । तर खुला सिमानाका कारण भारतीयले नेपाल आउने क्रममा सुरक्षाकर्मीलाई दुव्र्यवहार र आक्रमण नै गर्न थालेपछि सेनाको सहयोग लिनुपरेको गृह मन्त्रालयले जनाएको छ ।
Kantipur