चाँगुनारायणमा ‘खाद्यान्नकोलागि रोजगारी’ कार्याक्रम सूूरु

568

बैशाख २४,
भक्तपुर । लकडाउनका कारण रोजिरोटी गुमाउनु परेको श्रमिक तथा विपन्न परिवारलाई चाँगुनारायण नगरपालिकाले ‘खाद्यान्नकोलागि रोजगारी’ कार्याक्रम सूूरु गरेको छ । नगरपालिकाले संचालन गरेको खाद्यान्नको लागि रोजगारी कार्यक्रममा विभिन्न वडामा विभिन्न काम भईरहेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएका छन् । हाल उक्त कार्यक्रम अन्तरगत सडकको नाली सफा गर्ने, सडक मर्मत गर्ने, जडिबुटी लगाउने स्थानमा बुट्यान सफा गर्ने काम भईरहेको नगरप्रमुख मिश्रले बताए ।
नगरप्रमुख मिश्रले भने ‘आर्थिक रुपमा विपन्न र रोजगारी गुमेका मजदुरहरुलाई राहत भन्दापनि रोजगारी कार्यक्रम राम्रो भएकाले यो कार्यक्रमको थालनी गरेका हौं ।’

तस्विरः नगरप्रमुख मिश्रको फेसबुकबाट