लकडाउनमा अब अर्को स्थानीय तहमा जान नपाइने

204
सांकेतिक तस्विर

चैत २२,
काठमाडौ । मन्त्रिपरिषदको बैठकले लकडाउनलाई पूर्ण पालना गराउने निर्णय गरेको छ । शनिबारको बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न चालेको कदमको समिक्षा गरेको रत्यसमा मन्त्रिपरिषदले सन्तुष्टि ब्यक्त गरेको छ ।

बाहिरबाट आउनेमा कोरोना संक्रमण बढेको पाएपछि लकडाउनलाई पूर्ण पालना गर्न सबै निकायलाई निर्देशन दिने सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए । कैलाली कञ्चनपुर र बाग्लुंगमा नयाँ संक्रमण देखा परेकोले ति क्षेत्रमा संभाब्य ब्यक्तिको परिक्षण गर्ने र शंकामा भएका ब्यक्तिलाई पुन परिक्षण गर्ने योजना रहेको बताए । ति क्षेत्रमा र्यापिड परिक्षण गर्ने उनले बताए । मन्त्रिपरिषदको बैठकले स्वास्थ्य कर्मीलाई प्रोत्साहन भक्ताका साथै स्वास्थ्य उपकरणको छिटो उपलब्ध गराउने, बाधा उत्पन्न गर्ने बाधा पुर्याउनेलाइए कारबाही गर्ने, उपचारमा स।लग्न चिकित्सकको सुरक्षा प्रत्याभूति गर्ने निर्णय गरेको छ ।