आधा भरिएको सिलिण्डर वजारमा ल्याइदैं

190

चैत १३,
भक्तपुर । कोरोना संक्रमणका कारण वजारमा ग्याँसको अभाव भएपनि नेपाल आयल निगमले आधा ग्याँस भरेर बेच्ने तयारी गरेको छ । यसअघि भारतले नाकाबन्दी गरेका वेला पनि निगमले आधा ग्याँस भएका सिलिण्डर बिक्री गरेर अभाव टार्ने कोसिस गरेको थियो । सो नियम लागू भए ग्याँस उद्योगले १४.२ किलोग्रामको सिलिण्डरमा ७.१ किलो ग्यास भर्नुपर्नेछ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले वजारमा ग्याँसको अभाव हटाउन भारतबाट पहिलेको तुलनामा धेरै ग्याँस बुलेट आयात गर्दापनि अभाव हट्न नसकेपनि आधा ग्यास भरेर बिक्री गर्ने तयारी अघि बढाउँन लागिएको बताउँनु भयो । निगमका अनुसार, आधा भरिएको ग्यासको मूल्य उपभोक्ताले ६ सय ८७ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । निगम स्रोतका अनुसार, नाकाबन्दीका समयमा पनि निगमले आधा ग्यास भरेर आपूर्ति व्यवस्था सहज बनाउने प्रयास गरेको थियो ।

आधा सिलिण्डर भरेर पठाउँदा अहिले आयात भइरहेको ग्याँसबाटै दोब्बर बढी सिलिण्डरमा भर्न सकिने भएकाले अभाव टर्ने विश्वास निगमले लिएको छ । नाकाबन्दीका समयमा ग्याँस अभाव भएपछि उपभोक्ताले दोब्बरबढी सिलिण्डर जम्मा गरेका थिए । ग्याँस सहज भएसंगै त्यतिकै थन्किएका ती सिलिण्डर अहिले कोरना संक्रमणसंगै वाहिर आएपछि निगमलाई ग्याँस व्यवस्थापन गर्न असहज भएको हो । कोरोना संक्रमण र मुलुक लक डाउँनमा गएपनि भारतबाट सहज रुपमा ग्यास आयात भइरहेको थियो । यसै अवधिमा नेपालले उक साताका लागि लकडाउँन र छिमेकी मुलुक भारतले तीन साताका लागि लकडाउँन गरेपछि राधानी लगायतका स्थानका कतिपय एउटै परिवारले १० वटासम्म सिलिण्डर भरेर राखिका कारण वजारमा ग्याँसको अभाव भएको बाबा ग्याँसका प्रबन्धक बिमल कालाखेती बताउँनु हुन्छ ।

श्री ग्याँस तथा लुम्बिनी ग्याँसको समेत व्यवस्थापन हेर्दै आउँनु भएका कालाखेतीका अनुसार, चार वर्ष अघिको नाकाबन्दीका समयमा ग्याँसको चरम अभाव भोगेका कारण पनि झन् ग्यास थुपार्ने होड चलेपछि ग्याँस सर्वसुलभ रुपमा उपलव्ध हुन नसकेको हो । निगमको पछिल्लो तथ्याँक अनुसार, मंगलबार र बुधबार मात्रै ४४ सय टन ग्यास नेपाल भित्रिएको छ । यो एकै दिनमा आएको सबैभन्दा धेरै ग्यास हो । ग्याँसको समानुपातिक वितरणका लागि आधा सिलिण्डर ग्यास बेच्नुपर्ने बाध्यता आएको बताउँदै निगमका कार्यकारी निर्देशक पौडेल वजारमा ग्याँस सहज हुने बित्तिकै पुरानै अवस्थामा पुरा ग्याँस बिक्री बितरण गरिने बताउँनु हुन्छ ।

यसैबीच निगमले नयाँ ग्यास सिलिण्डर बेच्न भने प्रतिवन्ध लगाएको छ । सिलिण्डर बढी थुपारेर अझ समस्या निम्तने भन्दै निगमले त्यस्तो निर्णय गरेको जनाएको छ । निगमले आधा भरिएको ग्यास बिक्री वितरण कार्यान्वयनका लागि ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघ नेपालका प्रतिनिधीलाई एक बजे छलफलमा बोलाएको छ । यो छलफलपछि शुक्रबारदेखि आधा सिलिण्डर ग्यास बिक्री वितरणमा आउने बताइएको छ । निगमले सबै ग्यास उद्योगलाई आधा सिलिण्डर ग्यास भर्न इमेलमार्फत पत्र पठाएको जनाएको छ ।

लक डाउनपछि अत्यावश्यक वस्तु बिक्री वितरण गर्ने निर्णय सरकारले गरेपनि ग्यास उद्योगी समेत वाहिर हिड्न नपाउँदा समस्या भएको गुनासो व्यवसयाीको छ । त्यति मात्र होईन, ग्याँस उद्योगमा कार्यरत मजदुर, सवारी चालक, ग्याँस ढुवानीमा संलग्न मजदुरका लागि समेत पास उपलव्ध नहुदा समस्या भएको कालाखेतीले बताउँनु भयो । अझ अहिले सबै उद्योग अटोमेसनमा गइसकेकोले फेरी आधा सिलिण्डरको सिस्टममा राखेर चलाउनुपर्दा केहि समस्या हुने व्यवसायीको भनाई छ ।