Wednesday, October 21, 2026
Home राजनीति ‘न्यून आय भएकालाई तत्काल राहत प्याकेज’

‘न्यून आय भएकालाई तत्काल राहत प्याकेज’

150

चैत १३,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग अनुरोध गरेका छन्। विहीबार सामाजिक सञ्जालमार्फत सभापति देउवाले कोरोनाबाट सुरक्षित हुँदाहुँदै कोही कसै पनि भोकमरीको शिकार बन्न नपर्ने अवस्था सिर्जना गर्न सरकारसँग अनुरोध गरेका हुन् ।

‘कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्न नपरोस्’ देउवाले लेखेका छन्, ‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु ।’ विश्वभरी फैलिएको कोरोना भाइरसबाट सुरक्षित बन्न लकडाउन उत्तम विकल्प देउवाको भनाइ छ ।