यता सुन्नुस त । तपाँईको एक फोनले गाउँ बाच्ने छ, देश बाच्ने छ

203
सांकेतिक तस्विर
घर वा वरपर परदेशबाट आएका कोही हुनुहुन्छ कि  : नयाँ नेपाल न्यूज ? 
चैत १३,
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित जना ३ छन् । विश्वमा ४, ८६,७०२ संक्रमित भएका छन् । यो आलेख तयार पर्दासम्म २२,०२१ जनाको मृत्यु भइसकेको छ । निको भएर १, १७, ४५२ जना घर फर्किएको विश्व स्वास्थ्य संगठनको तथ्यांक रहेको छ ।
हालसम्म नेपालमा कोही कसैको मृत्यु नहुनु हामी नेपालीकोलागि सुखद पक्ष हो । सरकारले तोकेको दिनसम्म लक डाउनमा बसौं । थप संक्रमण फैलिन नदिउ । कोरानाबाट बच्न लक डाउनमा घरै बसौं, कोराना संक्रमण आफै तपाईसग जोडिन आउदैंन । तपाई कहि कतै गए मात्र हो । चीनले कोरोना संक्रमण रोकेको नै लक डाउन गरेर हो । त्यसैले हामीले नेपाल सरकारले तोतेको दिनसम्म घरमा नै बसेर संक्रमण फैलिन नदिन र आफुपनि जोगिनु पर्दछ । अरुलाई पनि जोगाउनु पर्दछ । सरकारले गरेको निर्णय नमान्दा इटाली अहिले कस्तो अवस्थामा छ । हेर्नुहोस् त । हाल विश्वका सबैले देशले संक्रमण नदिन लड डाउन गरिरहेका छन् । छिमेकी देश भारतमा त पहिलो लक डाउन पछि फेरी २१ दिन लक डाउनको समय थपिएको छ ।
तपाईको घर टालेमा विदेशबाट आएका कोही छन् ?
चैत ७ गते कतार एवरवेजबाट आएका यात्रुमध्ये एक १९ वर्षकी युवतीमा कोरोना संक्रमण देखिएपछि उनीसंग आउने २०४ जना यात्रुहरुको खोजीकार्य जारी छ । त्यस मध्ये १ सय ३० जना भन्दा धेरै केन्द्र सरकार र स्थानीय सरकारको सम्पर्कमा आई सकेका छन् । तर केही दिन यता भारतलगायतका तेस्रो मुलुकबाट तपाईको घर वा छिमेक टोल गाउँमा कोही आएका भए तुरुन्तै स्वास्थ्य केन्द्रमा लानु होला र परिवारका सदस्यहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्नुहोला । नत्र २ जनाबाट फैलिन सुरु भएको संक्रमणले यतिबेला इटाली रोइरहेको छ । तपाईको एक सल्लाह वा एक फोनले गाउँ बाच्ने छ, देश बाच्ने छ याद गर्नुहोस् ।