एकातिर रोगको त्रासः अर्को तर्फ व्यवसाय नै चौपट्

195

चैत १२,
भक्तपुर । नेपालमा कोरोनाभाइरसको संकटले निम्त्याएको विश्वव्यापी प्रतिकूल परिस्थितिका कारण आर्थिक मन्दी हुने देखिएको छ । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २० हजारको नजिक पुगेको छ । शहर केन्द्रित जनसंख्या गाउँ फर्कीएको अवस्था र शहरलाई नै आधार मानेर गरिएको व्यापार र व्यवसायमा संकट देखिएको हो । पछिल्लो केहीदिन यता भएको लकडाउनको अवस्थाले गर्दा भक्तपुरमा पशुपालन गर्दै आएका साना किसानहरुलाई ठुलो नोक्सानी हुन थालेकाले चिन्तित हुन थालेका छन् ।

काभ्रे मण्डनदेउपुर नगरपालिका मेसागाउँबाट भक्तपुरको कमलविनायक पाइपलाइनमा पुशपालन गर्दै आएका कालीबहादुर तिम्सिना दैनिक उत्पादन हुने दुध बिक्रि गर्न कहाँ जाने समस्या भएको छ ।
तिम्सिना भने ‘भोलीबाट दुध लाने डेरीले नल्याउनु भनेको छ, ५० लिटर दुध कहाँ लाने ?’
४ गाई र ४ वटा भैसीबाट उनले दैनिक ५० लिटर दुध उत्पादन गर्दै आइरहेका छन् । दैनिक २ हजार ५ सयदेखि ३ हजारसम्म दुधबाटमात्र नोक्सान हुने उनले बताए ।
‘गाई भैसीलाई पराल, पिना, दाना, पिठो र आफ्नो श्रमको त हिसाब नै छैन, दोहोरो नोक्सान हुन्छ,’ तिम्सिनाले भने ।

विश्वमा सकट फैलिएरहेको वर्तमान अवस्थामा साना लगानी गरेर पशुपालन र तरकारी खेती गर्ने किसानको पीडा आफ्नै छ । सहकारीबाट ऋण लिएर गाई भैसी किन्न ४० हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म लगानी गर्ने किसानलाई उत्पादन भएको दुध, तरकारीको बजारमा खपत कम हुदाँ आर्थिक भार थपिएको छ । कालिबहादुर जस्तै, सिन्धुपाल्चोक मेलम्चि नगरपालिकाबाट खरिपाटी बासबारीमा आएर गाई र भैसी पालन गर्दै आएका भिससेन खतिवडाको पीडा पनि उस्तै छ ।
पशुपालनबाट आएको आम्दनीले छोराछोरीलाई पढाउर्दै आएका खतिवडालाई दुध लिने साहुले बजारमा बिक्न छोड्काले नल्याउनु भन्दै फोन गरे ।
‘घरमा भएको २०/२५ लिटर दुध खाएर सकिदैंन, त्यसैले नजिकै भएका आफ्न्तलाई फोन गरेर दुध लिन बोलाए,’ खतिवडाले भने ।

खतिवडा र तिम्सिनाको जस्तै नोक्सानीको पीडा रामकुमार भण्डारी, भैरब घोरासैनी, भागरिथी अधिकारीलगायत धेरै पशुपालक किसानलाई परेको देखिन्छ ।
भक्तपुर जिल्लाका ताथली, सुडाल, खरिपाटी, कमलविनाय, दुवाकोटलगायतका स्थानमा बाहिरी जिल्लाबाट आएका पशुपालन र तरकारी खेती गर्ने किसानहरुको संख्या उल्लेख छ ।
प्रति रोपनीको हिसाब गरेर जग्गा भाडा, टहरो बनाउन खर्च, पशुकिन्न लाखौं लगानी गरेका किसान यति बेला समस्यामा परेका छन् ।

जिल्लाभित्रकै काठ वरपरका किसानहरुको पीडापनि उस्तै छ । कोरोनाको त्रासले धेरै शहरबासी गाउँ गएपछि बजारमा माग कमी भएकाले दुध लिन नसकिने व्यवसायीहरुको भनाई छ ।
कच्चा दुधबाट दहि, मोही, नौनी, पनिर, चीज बनाएर बिक्रि गर्न सकिने भएपनि आवश्यक सामाग्री नहुदाँ साना किसानसंग त्यो विकल्प समेत छैन् । अर्को तर्फ विभिन्न बहानामा पिना, दाना, पिठो मुल्य निरन्तर वृद्धि हुदाँ अर्को भार किसानमाथी थपिएको छ । त्यसलै राज्यले यस्ता साना तथा मझौला किसानहरुको पीडालाई सम्बोधन गर्नु पर्ने आवश्यकता देखिन्छ ।