Friday, September 18, 2026
Home अन्तर्राष्ट्रिय राष्ट्रपतिद्धारा आजदेखि सोमबारसम्म कर्फ्यू घोषणा

राष्ट्रपतिद्धारा आजदेखि सोमबारसम्म कर्फ्यू घोषणा

383

चैत ७,
काठमाडौं । शुक्रबार साँझदेखि देशभर कर्फ्यू जारी गर्ने घोषणा गरिएको छ । कोरोना भाइरसको रोकथाम गर्न श्रीलंकाका राष्ट्रपति गोटबाया राजपक्षले शुक्रबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू जारी गरेका हुन्। श्रीलंकामा अहिलेसम्म ५३ जना कोरोना संक्रमित बिरामीहरू छन्। कर्फ्यू जारी भएसँगै सार्वजनिक यातायात र महत्वपूर्ण सेवाहरू मात्रै सुचारू गर्ने बताइएको छ।

यसअघि श्रीलंकाले सबै अन्तर्राष्ट्रिय उडानहरू बन्द गरेको थियो। गत बिहीबार श्रीलंकाले संसदिय चुनावलाई पनि अनिश्चितकालका लागि स्थगित गरेको थियो। त्यस्तै भारतमा पनि जनता कर्फ्यू जारी गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार कोरोनाभाइरसबाट बच्नका लागि त्यहाँका जनतालाई बाहिर ननिस्कन आग्रह गरेका हुन्।