Friday, September 18, 2026
Home समाचार अदालतका सबै सेवा बन्द

अदालतका सबै सेवा बन्द

301

चैत ७,
काठमाडौं । कोरोना भाइरसबाट बच्न मुलुभरका अदालत तथा न्यायाधीकरणबाट दिइने अत्यावश्यक बाहेकका सेवा २ साताका लागि बन्द हुने भएका छन्। सर्वोच्चको फूलकोर्ट बैठकले बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाई गर्ने र पक्राउ अनुमति दिने जस्ता कामकारबाही बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको स्रोतले जानकारी दियो।

शुक्रबार सर्वोच्च अदालतमा बसेको फूलकोर्टले १५ दिनका लागि मुलुकभरका अदालतले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको सर्वोच्च स्रोतले बतायो। केहीदिन अघि नेपाल बार एशोसिएशनले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्न सर्वोच्चलाई सुझाव दिएको थियो। त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र राणाले आकस्मिक फूलकोर्ट बैठक डाकेका थिए।