सुन्दर यौन जीवनका लागि यस्तो गर्नुहोस्

551

चैत २,

यौन स्वास्थ्य । अधिकांश मानिस यौन चिकित्सकलाई दुई प्रश्न सोध्ने गर्छन् । पहिलो – यौन जीवनलाई कसरी सुन्दर बनाउन सकिन्छ रु अर्को – कसरी लामो समयसम्म यौन सम्पर्क कायम राख्न अथवा उत्तेजित रहन सकिन्छ रु यहि प्रश्नलाई आधार मान्ने हो भने पनि मानिसहरु रोमाञ्चक यौन जीवनको चाहाना राख्छन् । सुन्दर यौन जीवनका लागि केहि कुरामा ध्यान दिनु जरुरी छ ।

पोर्न हेर्न बन्द

पोर्नका कारण पतिपत्नी, प्रेमी–प्रेमिका अथवा कुनै पनि जोडीको सम्बन्ध खराब हुन सक्छ । अचेल स्मार्टफोन तथा हाइस्पीड इन्टरनेटका कारण धेरै मानिस पोर्नको लतमा फसेका छन् । सरकारले पनि नेपालमा धेरै पोर्न साइट बन्द गरेको छ । तथापि, अझै पनि मानिसहरु यसको कुलतबाट छुट्न सकेका छैनन् । पोर्नको सबैभन्दा ठूलो समस्या भनेको यसको लत लागेका मानिसहरुको अवास्तविक आकांक्षाहरुमा तीव्र वृद्धि हुन्छ । उनीहरु वास्तविक जीवन पनि पोर्नको जस्तै होस् भन्ने चाहन्छन् । तर, वास्तविकता त्योभन्दा धेरै फरक हुन्छ । यसका कारण वास्तविक यौनतर्फ मानिसको कामेच्छा घट्दै जान्छ र धेरै मानिसमा यौन उत्तेजना घट्दै जान्छ ।

लागूपदार्थ सेवन

धूमपान र मद्यपानले मानिसको स्वास्थ्यमा निकै असर गर्छ भन्ने कुरामा त कुनै शंका छैन । यसले फोक्सो, कलेजोदेखि मुटुलाई समेत असर गरी विभिन्न किसिमका रोग निम्त्याउन सक्छ । लामो समयसम्म मद्यपान गर्ने मानिसमा टेस्टोस्टेरोन नामक हार्मोनको उत्पादन कम हुन्छ जसले यौन जीवनमा नकारात्मक प्रभाव पार्दछ । धूमपानले पनि यौनांगहरुमा असर पुर्‍याउँछ । त्यस्तै, धूमपानले रक्तसञ्चारमा कमी ल्याई उत्तेजना पनि घटाउँछ ।

दैनिक ७–८ घण्टा आराम

आराम गर्नाले र आनन्दले निदाउनाले शरीरमा इनर्जीको लेभल त बढाउँछ नै । यसले यौन जीवनमा पनि सहयोग पुर्‍याउँछ । स्वस्थ यौन जीवनको लागि स्वस्थ जीवन र आरामको पनि निकै आवश्यकता हुन्छ । यसको लागि दैनिक ७–८ घण्टा अनिवार्य सुत्नुपर्छ । अचेल मानिसहरु दैनिक घण्टौं ग्याजेट्समा झुम्मिने भएकाले आरामको समय निकै घट्दै गएको छ जसको प्रत्यक्ष असर मानिसको स्वास्थ्य र यौन जीवनमा परिरहेको छ । त्यसैले आफ्नो बानी सुधारेर पर्याप्त मात्रामा आराम गर्नुपर्छ । अन्यथा मानिसमा मानसिक विकार, थकान, तनाव आदि बढ्न सक्छ र पर्याप्त यौन आनन्द लिन सकिँदैन ।