‘पानी तालमा छ’ अन्जली अधिकारीको अभिनय, म्यूजिक भिडियो हेर्नुहोस्

714

चैत २,
काठमाडौं । यो समय मोडल अञ्जली अधिकारीको राम्रै चर्चा छ । अब्बल अभिनय गर्न सक्ने अञ्जलीको म्यूजिक भिडियोमा राम्रै माग पनि भैरहन्छ । उनी म्यूजिक भिडियोमै ब्यस्त छिन् । उनै अञ्जली अभिनित नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
अञ्जलीले गायक रमेश श्रेष्ठ ‘मेलोडी’ र गायिका सहिमा श्रेष्ठले गाएको ‘पानि तालमा छ’गीतको

गीतको म्यूजिक भिडियो

म्यूजिक भिडियोमा अञ्जलीले अभिनय गरेकी हुन् । उक्त गीतको म्यूजिक भिडियोमा अञ्जलीलाई अर्की मोडल सम्पदा बाँनियाले अभिनयमा साथ दिएकी छिन् । अमर बहादुर श्रेष्ठले लेखेको उक्त गीतमा गायक रमेश श्रेष्ठ मेलोडिकै संगीत सुन्न सकिन्छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको गीतको म्यूजिक भिडियोमा कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीको रहेको छ ।