कोरोना भाइरसको कारण एक जनाको मृत्यु

331
सांकेतिक तस्विर

फागुन ३०,
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा पहिलोपटक एक जनाको मृत्यु भएको छ । भारतको कर्नाटक कालबुर्गीमा भाइरसबाट ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कारोना संक्रमित एक जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार ती व्यक्ति साउदी अरबमा बिताएर भारत फर्किएका थिए । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार भारतमा अहिलेसम्म ७४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।