गोकुल बाँस्कोटालाई किन फसाइयो ?

1141

फागुन २९,
काठमाडौं । तत्कालिन नेकपा एमाले काभ्रे जिल्ला कमिटिको तीन पटक नेतृत्वमा रहेका गोकुल बाँस्कोटा अहिले सूचना प्रविधी तथा संचारमन्त्री छन् । काभ्रे मण्डनदेउपुर नगरपालिका-४, नयाँगाउँ चैनपुर स्थायी घर भएका उनको हाल भक्तपुर लोकन्थलीमा पनि घर छ ।

‘संघर्षको खानीबाट उदाएका तारा’
विद्यालयमा पढ्दा २०३७ सालदेखि नै वामपन्थी राजनीतिमा लागेका उनी एक क्रान्तिकारी स्वभाव भएका नेता हुन् । विद्यार्थी संगठन, प्रेस चौतारी हुदैं उनी नेकपाको राजनीतिमा आएका हुन् । मुलुकमा पञ्चायती शासन व्यवस्था हुदाँ र हालको जस्तो सुविधा नहुदाँ समेत पार्टीको नीति र एजेण्डा लिएर गाउँ गाउँ पुग्दै संगठनलाई अगाडी बढाउन उनको ठुलो योगदान छ । यातायातको सुविधा नहुदाको त्यो समयमा काभ्रेका धेरै गाउँ र बस्तीमा पुगेर उनले परिर्वतनका लागि आफ्नो युवा अवस्था खर्च गरे ।

बाँस्कोटा २०७० सालको चुनावमा पनि उम्मेदवार बनेपनि पराजित भए । नेकपा एमालेको अध्यक्ष भैसकेका बाँस्कोटाले नेकपा एमालेको केन्द्रीय स्कुल विभागको सदस्य भएर समेत थिए । २०७४ सालको संघीय संसदको निर्वाचनमा बास्कोटा काभ्रे क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतसहित निर्वाचित भए । बास्कोटा ५४ हजार ४२७ मतसहित प्राप्त गरे । यो दोस्रो लोकप्रीय मत हो ।

उनको स्वभाव
संघर्षशिल राजनीतिबाट आएका उनी खरो स्वभावका व्यक्ति हुन् । बास्कोटा स्वयम् पूर्व पत्रकार हुन् । लामो समय एमालेनिकट साप्ताहिक पत्रिकाहरुमा काम गरेका उनी गोपाल बुढाथोकी पत्रकार महासंघको काठमाडौं शाखा अध्यक्ष हुँदा सदस्य थिए । त्यस हिसाबले उनी आफ्ना सिनियर र समकालीनहरुलाई उछिनेर अघि बढेका छन् । लामो समय सम्बोधन साप्ताहीक नामक पत्रिका निकालेर पत्रकारिता गरे । दृष्टि साप्ताहीकमा समेत उनले कलम चलाए । सामान्य नेताहरुमा हुन्छ म तपाईको काम गर्छु गरिदिन्छु भन्ने बानी हुन्छ । तर बास्कोटालाई नजिकबाट चिनका काभ्रेका स्थानीयहरु भन्छन् उनी हुने कुरालाई मात्र हुन्छ गर्छु भन्छन् अरुले जस्तो चिल्लो घस्न जान्दैनन् । त्यसलै उनको बेला बेलामा आलोचा पनि हुन्छ तर यो सकारात्मक पक्ष होइन । सत्य कुरालाई सत्य भन्नेलाई साथ दिने जमात कम छ ।

किन विवादमा ?
पूर्व सञ्चारमन्त्री बास्कोटालाई गाली गर्नेहरु उनको स्वभाव छुच्चो, अहंकारी भन्छन् । निकटवर्तिहरुले चाहिँ उनलाई स्ट्रेट फरवार्ड, इमान्दार र कुण्ठारहित प्राणीका रुपमा प्रशंसा गर्ने गर्छन् । बास्कोटाको यथार्थ व्यक्तित्व यिनै दुईथरि अतिरञ्जनाहरुको बीचमा भेटिन सक्छ । चुनावमा केपी ओलीपछि दोस्रो लोकप्रिय मतले जितेपछि उनको चर्चा बढ्यो । त्यसपछि ओली सरकारको सञ्चार राज्यमन्त्री र पछि मन्त्री नियुक्त भएका बास्कोटा लगातार मिडिया र सोसल मिडियामा छाइरहे ।

भ्रष्टचारको आरोप

सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा एक स्वीस कम्पनीका नेपाली एजेन्ट बिजयप्रकाश मिश्रसँग कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै बाँस्कोटाले पदबाट राजीनामा दिइसकेका छन् । बाँस्कोटाले सेक्युरिटी प्रिन्टङ प्रेस खरिद प्रक्रियामा देशलाई नोक्सान हुने गरेर कुनै निर्णय नभएको दाबी गरेको छन् ।

उनले सेक्युरिटी प्रेस खरिदमा शक्ति केन्द्रको स्वार्थ पूरा नभएपछि आफूविरुद्ध नियोजितरुपमा अडियो सार्वजनिक गरेर बदनाम गराउने काम गरेको बताए । सातवटा मन्त्रालयका सह सचिव र निर्देशकसहितको नौ सदस्यीय समितिले बुझाएको प्रतिवेदनका आधारमा सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि बढाइएको बताउँदैं उनले समितिले निकालेको अनुमानित लागतभन्दा १० अर्ब रुपियाँ कममा खरिद गर्न लाग्दा शक्ति केन्द्रहरुले चलखेल गरेको बताए ।

बाँस्कोटाले समितिले प्रेस खरिद गर्नको लागि ३३ अर्ब लागत अनुमनसहितको प्रतिवेदन बुझाएपनि आफूले २३ अर्बमा प्रेस खरिद गर्ने प्रक्रिया अगाडि बढाएको बताए । उनले भने, “मैले गलत काम गरेको छैन, राष्ट्रलाई घाटा हुने कुनै निर्णय गरेको छैन, राज्यलाई फाइदा हुने काम गर्दा म माथि षडयन्त्र भयो ।” “म देश बनाउन आएको हो, गलत नियत केहीपनि थिएन र छैन उनले भने, मेरो बोली छुच्चो होला तर नियत सफा छ ।”

किन फसाइयो
उनी प्रधानमन्त्री ओलीका विश्वास पात्र भएकाले केही व्यक्ति उनलाई बदनाम गराएर ओली नेतृत्वको सरकारलाई गिराउन सक्रिय छन् । बाँस्कोटालाई गालेर ओलीलाई ढाल्ने नियतले नै उनलाई फसाउन एक वर्षएयता केही नेता र व्यापारीहरु लागेको बाँस्कोटा निकट श्रोत बताउँछ ।