हजुर’बा’को पुण्य तिथिमा नातीले गरे दुःखीलाई सहयोग

416

फागुन २९,
काठमाडौं । आफ्नो हजुरबुबाको वार्षिक पुण्य तिथिमा अवसरमा एक जना नातीले दिन दुःखी असाहयलाई सहयोग गरेका छन् । मेजर लन्जका सन्चालक तथा इस्टेट नेपालका डाइरेक्टर समेत रहेका अभि शमसेर कुँवरले नवजीवन परोपकार समाजमा रहेका अपाङ्ग, बुढेसकाल टुहुरो हरूलाई खाना, खाजा फलफूल वितरण गरेका हुन् ।

उनले बनिरहेको नवजीवन समाजको टुहुराहरूका लागि बनिरहेको भवनका लागि पनि आर्थिक सहयोग गरे । कुँवरले आफु निरन्तर सामाजिक काम गरिरहने प्रतिबद्धता पनि सो अवसरमा व्यक्त गरेका थिए । मानव सेवा नै सबै भन्दा ठुलो धर्म रहेको भन्दै उनले बेसाहारा, मानसिक सन्तुलन गुमेका व्यक्तिहरुलाई सदैव सहयोग गर्न आफु तत्पर रहेको बताए ।