भीषण पहिरो, ४२ जनाको मृत्यु

266

फागुन २६,

भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
उद्धारकर्मीहरुका अनुसार उक्त पहिरोमा अरु ३६ जना हराइरहेका छन् ।
गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै शुरु भएको पहिरोले बगाएको थियो । यो घटना ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भएको हो । गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाई भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् । एजेन्सी