अनेरास्ववियू भक्तपुरको एकता सम्पन्न, नामावली सहित

787

फागुन २६,
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा निकट अनेरास्ववियूको भक्तपुर जिल्ला कमिटीको एकता पश्चात टुंगो लागेको छ । तत्कालिन अनेरास्ववियु र अखिल क्रान्तिकारी मिलेर अनेरास्ववियू बनेको हो । ६१ सदस्यीय जिल्ला कमिटीमा पुर्व क्रान्तिकारीवाट २९ जना र अखिलवाट ३२ परेका छन् । संयोजकमा पुर्व अखिलवाट सुवास तिमल्सिना र सहसंयोजकमा पुर्व अखिल क्रान्तिकारीवाट विराज थापा यस अघि नै केन्द्रले चयन गरेको थियो ।

यसैगरी उक्त जिल्ला कमिटिले आफनो जिल्ला कमिटी अन्तर्गत पर्ने दुर्इ ठूला क्याम्पसमा पनी संयोजक र सहसंयोजको जिम्वेवारी तोकेको छ । जस्मा सानोठिमी क्याम्पसको संयोजकमा साविक अखिल (क्रान्तिकारी) का इकाइ अध्यक्ष प्रकाश केसि र सहसंयोजकमा साविक अखिलका इकाइ अध्यक्ष गोरख केसि चयन भएका छन् । त्यस्तै भक्तपुर बहुमुखी क्याम्पसमा साविक अखिलका दिपक वहादुर विष्ट संयोजक र कृष्ण रानाभाट सहसंयोजक चयन भएका केन्द्रिय सदस्य जयराम बास्तोलाले जानकारी दिएका छन् ।