Friday, October 23, 2026
Home शिक्षा नेशनल प्याब्सन भक्तपुरको अध्यक्षमा खड्का

नेशनल प्याब्सन भक्तपुरको अध्यक्षमा खड्का

713

फागुन २५,
भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको अध्यक्षमा संजय खड्का चयन भएका छन् । शनिबार भएको (नेशनल प्याब्सन) भक्तपुरको पाँचौ जिल्ला अधिवेशनले खड्काको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष खड्का मदरल्यान्ड स्कुलका प्राचार्य हुन् । त्यसैगरी समितिको उपाध्यक्षमा पारागन एकेडेमीका पुण्यराम कवां, इमेज स्कुलका शिव कृष्ण कवां, सचिव ईडेन गार्डेन स्कुलका जय प्रकाश राई,
कोषाध्यक्ष प्रसादी पाठसालाका दिनेश शाक्य, सह सचिव विमल मेमोरियलका कुमार थापा, सह कोषाध्यक्षमा रत्न शिक्षा स्कुलका गीता खड्का रहेका छन् ।

त्यस्तै नवनिर्वाचित सदस्यहरुमा पारीजात स्कुलका विक्रम थापा, युनिटी स्कुलका विपिन गुमान्जु, स्टुडेन्ट एकेडेमीका सुमन शिल्पकार, हिमशिखर स्कुलकी प्रतिमा माक चुनिएका छन् ।

नवनिर्वाचित अध्यक्ष खड्काले शिक्षा क्षेत्रमा लामाे याेगदान पुर्‍याएका व्यक्ति हुन् । उनी सफल सकारात्मक सोचका धनी, अत्यन्त सरल व्यक्तित्व हुन् ।

यहि फागुन २४ गते शनिबार सिन्धुलीको मूलकोटमा नेशनल प्याब्सनका राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटाकाे प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले मदरल्याण्ड स्कुलका प्रिन्सिपल खड्काकाे अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरेको हाे । नवनिर्वाचित अध्यक्ष खड्काले निर्वाचित भएपछि आफूले निजी विद्यालयहरुमा अझै गुणस्तरीय शिक्षाको लागि पहल गर्ने बताए ।