कोरोना त्रासः विश्व पर्यटन बजार ध्वस्त, आर्थिक मन्दीको सुरुवात

250

फागुन २०,
काठमाडौं । कोरोना भाइरसको कारण विश्वको पर्यटन बजार तहस नहस भएको छ । विश्व पर्यटनको करिब १० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगट्छन् । आफ्नो नयाँ वर्षमा संसार घुम्ने र खर्च गर्ने स्वभावका चिनियाँहरु कोरोना कहरका कारण विदेश त परकै कुरा आफ्नै घरबाट समेत निस्कन पाएनन् । जसले गर्दा पर्यटकका कारण आम्दानी गर्ने नेपालसहितका धेरै देशको पर्यटन अर्थतन्त्रमा यसले असर पुर्‍यायो ।

नयाँ वर्षको समयमा चीनमा हुने पर्यटक अकुपेन्सी २० वर्ष यताकै सबैभन्दा न्यून भएको चिनियाँ सरकारी एजेन्सीहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय हवाई यातायात एशोसिएसन आइएटीएका अनुसार एशिया प्यासिफिक क्षेत्रका हवाई कम्पनीले २७।८० बिलियन अमेरिकी डलर आम्दानी कोरोना असरका कारण गुमाएका छन् । फ्लाईट राडार २४ का अनुसार जनवरी २३ देखि फेब्रुअरी १३ सम्म चीनका बाह्य र आन्तरिक उडानमा ठूलो संख्याले कटौती देखियो । औषत दैनिक १५ हजार ७१ वटा उडान हुने चीनमा यो समयमा मुस्किलले २ हजार जति उडानहरु भएको फ्लाईट राडार २४ ले जनाएको छ ।