भक्तपुरको ताथली र गुण्डुका जुवा अखडामा प्रहरीको छापा

1068
सांकेतिक तस्विर

कार्तिक ११,
भक्तपुर । महानगरिय प्रहरी परीसर भक्तपुरले जुवा तास खेलीरहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार १ बजेको समयमा बिशेष सुचनाको आधारमा सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डु रामचन्द्र खतिवडाको घरबाट ८ जनालाई तासको खालबाट नियन्त्रण लिएको हो । खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा घर धनि सहित मानिसहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा जुवा तास खालबाटै पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले दुई लाख सैतिस हजार पाँच सय रुपैया र १ बुक तास समेत बरामद गरेको परिसरका सूचना अधिकारी डिएसपी रेवती रमण पोखरेलले जानकारी दिएका छन् ।

त्यसैगरि चाँगुनारायण न.पा. ९ ताथली बस्ने तिर्थराम माकाजुको घरमा तास खेली रहेको अवस्थामा घरधनि सहित ६ जना मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिईएको छ ।
उनीहरुको साथथबाट त्रिसठ्ठी हजार तिन सय बयालिस रुपैया र ३ बुक तास समेत बरामद गरिएको सूचना अधिकारी डिएसपी पोखरेलले जानकारी दिएका छन् । उनीहरुलाई थप अनुसन्धानका लागी महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखिएको प्रहरीले बताएको छ ।