पुस ७,
काभ्रे । राष्ट्रिय मानव अधिकार आयोगले पत्रकारहरुलाई मानवअधिकार सम्बन्धी तालिम प्रदान गरेको छ ।
मानवअधिकार पत्रकार संघको संयोजन र यूनडीपीको सहयोगमा धुलीखेलमा शनिबारदेखि सुरु भएको उक्त तालिममा ३ नम्बर प्रदेशका १३ जिल्लाका पत्रकारहरुको सहभागीता रहेको थियो ।
मानवअधिकार र पत्रकारिता विषयक कार्यक्रममा विज्ञहरु घनश्याम खड्का, हरिबहादुर थापा, दीपक राज सापकोटा, मोहन लाल आर्चाय, टेक टमटा, मुरारी प्रसाद खरेललगायतले विभिन्न विषयमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रमको समापन समारोहमा आयोगका अध्यक्ष अनुप राज शर्माले सरकारले द्धन्द्धकालको मुद्धा समाधानमा खासै चासो नदिएको बताउनु भयो । गम्भिर प्रकृतिका घटनामा समेत विभागीय कारवाही गरिएको तर अन्य कुरा नभएको उहाँको भनाई छ ।













