अभिनेत्री ऋचा शर्माको बिवाह सम्पन्न

259

मंसिर २१,
काठमाडौं । अभिनेत्री ऋचा शर्मा बैबाहिक जीवनमा बाँधिएकी छन् । शनिबार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य राणासँग उनको विहे भएको हो । दिपेक्ष लबिम मलका म्यानेजर हुन् ।उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति थियो ।

आफ्नो फेसबुक ह्यान्डलमार्फत दुलहीको भेषमा सजिएकी ऋचाले श्रीमानको हात समातेको तस्विर सार्वजनिक गर्दै लेखेकी छन्, ‘जिन्दगीको अबर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आर्शिवाद सदैब यसरी नै मिलोस् ।’