‘मिस्टर एन्ड मिस सुर्खेत २०१९’ आयोजना हुने

133

असोज ६,
सुर्खेत । मुन मिडिया हाउसले सुर्खेतको वीरेन्द्रनगरमा ‘मिस्टर एन्ड मिस सुर्खेत २०१९’ आयोजना गर्न लागेको छ। विगत तीन वर्षदेखि सुर्खेतमा आयोजना गर्दै आएको मिस सुर्खेतको तेस्रो संस्करणका साथै पहिलो छोटी मिष्टर सुर्खेत प्रतियोगिताको हुने भएको हो। आइतबारदेखि प्रतियोगिताका फारम वितरण सुरु गरिएको मुन मिडिया हाउसका अध्यक्ष विजय के सीले बताए। मिस सुर्खेत र मिष्टर सुर्खेतका विजेतालाई ५० हजार रुपैया नगद, क्राउन, गिफ्ट ह्याम्परलगायतका पुरस्कार दिइनेछ।

मिडिया हाउसका कार्यक्रम संयोजक कमल विष्टले सुर्खेतमा यसरी हुन गइरहेको यस प्रतियोगिताले नयाँ सोचलाई स्थापना गर्न थप मदत पुग्ने बताए ।युवापुस्तामा रहेको कला तथा सकारात्मक पक्षहरुलाई उजागर गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको उनले जानकारी दिए। युवा जमातमा हुनुपर्ने क्षमताको पहिचान गरि त्यसको संरक्षण र प्रर्वदनमा प्रतियोगिता महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे । प्रतियोगितामा मिष्टर÷मिस सुर्खेत, फष्ट रनरअप, सेकेण्ड रनरअप, सवटाइटल मिस व्युटिफुल÷हेण्डसम, वेष्ट वाक, मिस÷मिष्टर ट्यालेन्ट, वेष्ट पर्सनालिटी, वेष्ट फिगर, वेष्ट स्माइल, वेष्ट स्कीन, भिवर्स च्वाइस्लगायतका विधाहरु समेटिएका छन्।