अरनिको राजमार्गमा तोडिएला त सिन्डिकेट ?

1018

नयाँ नेपाल न्युज
चैत १२,
काठमाडौं । काठमाडौंबाट पूर्व तर्फ रहेको अरनिको राजमार्गमा लामो समयदेखि यातायात व्यवसायीको मनोमानी छ । काभ्रेसम्म छोटो रुट छ । अर्का तर्फ सिन्धुपाल्चोक, दोलखा, रामेछाप मात्र होइन बिपि राजमार्ग संञ्चालनमा सिन्धुली, ओखलढुंगा र सोलुखुम्बुसम्म एउटा यातायात समितिको सिन्डिकेट रहदैं आएको छ । चैत १ बाट काठमाडौंबाट बनेपासम्म मयुर यातायात संञ्चालनमा आएको छ । यात्रु ओसार्न थालेको छ । तर, अरु समितिका बसले अवरोध गरेपछि प्रहरीले साँगा चोकबाट बनेपासम्म स्कर्टिङ गर्नु पर्ने अवस्था आएको हो । १ चैतको बिहान ८ बजेतिर मयुर यातायातको ४२ सिट पाँच वटा बस चारदोबाटो पुगेपछि बनेपामा एकाएक ठुलै खैलाबैला मच्चियो । काभ्रे बस र काभ्रे मिनि बसका व्यवसायीहरु आधा घण्टामै जम्मा भए र मयुर यातायातका बसहरुलाई अवरोध गर्न खोजे । अरनिको राजमार्गमा सिण्डिकेट कायम गर्दै आएका समितिहरुको विरोधका बाबजुत बनेपासम्म बस चलायो । तर यो प्रतिस्पर्धा ग्रामीण क्षेत्रहरुमा समेत हुनुपर्ने देखिन्छ । बनेपा बजारमा मात्र नभएर नयाँ समितिका बस सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा र सोलुखुम्बुसम्म संञ्चानल भए जनताले सहज तरिकारले सुविधा पाउने छन् ।