डोलेश्वर विकास समितिको आठौ वार्षिक साधारणसभा सम्पन्न

174

भक्तपुर माघ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा तथा विकास समितिको आठौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिको शनिबार मन्दिर परिसरमा भएको साधारणसभाको उद्घाटन भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले गरेका छन् । साधारणसभाको उद्घाटन गर्दै प्रजिअ पोखरेलले डोलेश्वरले पूर्वाधार विकासलगायत भक्तजनको सेवामा विशष ध्यान दिदै आएकोमा खुसी ब्यक्त गरे । कार्यक्रममा आठौ साधारणसभाको तर्फबाट संस्थाका अध्यक्ष विदुरमान बस्नेत, संस्थाका वरिष्ठ उपाध्यक्ष किरण थापा महासचिव मोहन गिरी,कोषाध्यक्ष विश्वराम थापाले आआफनो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष अमर भुजुलगायतले पर्यटकको आकर्षणको थलोको रुपमा डोलेश्वर विकास हुनुले भक्तपुरको विकासमा टेवा पुग्नु भएको बताउँदै यसलाई अझ प्रचार प्रसार गर्दै लैजानुपर्नेमा जोड दिए । सो अवसरमा संस्थालाई आर्थिक तथा भौतीक सहयोग प्रदान गर्ने महानुभावहरुलाई सम्मान समेत गरिएको थियो ।