Monday, September 28, 2026
Home मनोरन्जन सुशान्तको प्रेमलीला

सुशान्तको प्रेमलीला

71

कार्तिक १६,
बलिउड एक्टर सुशान्त सिंह राजपुतको रियल लभ लाइफ रिल लभ लाइभको भन्दा कम रोमान्टिक छैन। टेलिसिरियल हुँदै ठूलो पर्दामा पुगेका उनको टेलिसिरियलको लभलाइभ पनि उस्तै रोमान्टिक थियो, ठूलो पर्दामा पनि उस्तै छ। पुरानी प्रेमीकासँग ब्रेकअपपछि एक्लिएका उनीको नाम अहिले रिया चक्रवर्तीको प्रेममा चुर्लुम्म छन्। उनले सार्वजनिक कार्यक्रमहरुमा भने रियासँगको सम्बन्ध अस्वीकार गर्ने गरेका छन् तर जति लुकाउन खोजे पनि उनीहरुको प्रेमलीला भने लुक्न सकेको छैन।

केही समयअगाडि यी दुवै लद्दाखमा प्रेमिल समय बिताइरहेको तस्बिर सार्वजनिक भएको थियो। अहिले उनीहरु इटलीमा सँगै छन् र दुवैका रोमान्टिक तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
सार्वजनिक भएका तस्बिरमा यी दुवै सँगै सपिङ गरिरहेको देखिएको छ। हालै सार्वजनिक भएको तस्बिरमा सुशान्त सेतो रङको ज्याकेटमा छन् भने रिया सर्ट ड्रेसमा छिन्।