कार्तिक ११,
भक्तपुर । भक्तपुर । मङ्सिर १४ गते हुने उप निर्वाचनकालागी दलहरू उम्मेदवार छान्न बैठक गरिरहेका छन् । भक्तपुर निर्वाचन क्षेत्र १ को प्रदेश (क)मा हुने निर्वाचनमा उम्मेदवारका लागि नेपाली कांग्रेसले १० जनाको नाम केन्द्रमा पठाएको छ ।
तर सत्तासिन नेकपाले भने नाम केन्द्रमा पठाई सकेको छैन् । स्रोतले दिएको जानकारी अनुसार यहिँ कार्तिक १३ गते बुधबार बैठक बसेर मात्र तीन जनाको नाम केन्द्रमा पठाईने छ । पार्टीको बैठकले सर्वसहमत रुपमा तीन जनाको नाम सिफारिश गर्न सक्ने अधिकार नेकपाका इन्र्चाज दिलिप प्रजापति, सहइन्र्चाज सोम प्रसाद मिश्र, जिल्ला अध्यक्ष बचन देउजा र सचिव डीपी ढकाललाई दिएको छ । पार्टीले बोलाएको बैठकमा १८ जनाले उम्मेदवार हुने चाहाना राखेपनि अन्तिममा सहमति गर्दै धेरैले नाम फिर्ता लिएका नेकपा एक नेताले नयाँ नेपाल न्यूजलाई बताए ।