श्रीमतीले विश्वासघात गरेको राजाको आरोप

250

कार्तिक ५,
थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी एक ‘श्रीमती’ को शाही उपाधि खोसेका छन् । उनी राजा बन्नुभन्दा पहिला ती महिला उनकी एक भित्रिनी थिइन् । उच्च तहको नियुक्ति पाएको केही महिनामै ती महिलाले विश्वासघात गरेको आरोप लगाउँदै राजाले त्यस्तो निर्णय लिएको एक बयानमा जानकारी दिइएको छ ।

एउटा औपचारिक घोषणामा सिनीनात वङ्वाचिराफाक ‘महत्वाकाङ्क्षी’ बनेकी र उनले ‘आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको’ उल्लेख छ । उनका व्यवहारहरू अपमानजनक ठहरिएको त्यसमा बताइएको छ। राजाले चौथो पत्नीको रूपमा रानी सुथिदासँग बिहे गरेको दुई महिनाभित्रै उनलाई जुलाई महिनामा ‘चाओ खुन फ्रा सिनिनात बिलासकलयानी’को उपाधि दिएका थिए । उक्त उपाधि झन्डै एक शताब्दीमा पहिलो पटक दिइएको बताइन्छ । मेजर जेनरल सिनीनात तालिमप्राप्त पाइलट, नर्स र अङ्गरक्षक हुन्।