पूर्व मिस वर्ल्ड मानुषी छिल्लरका हट तस्वीर हेर्नुहोस्

278

भदौ २७,
एजेन्सी – पूर्व मिस वर्ल्ड मानुषी छिल्लरका ग्ल्यामर तस्बिरहरु सार्वजनिक भएका छन्। मानुषीलाई रातो लुगामा बोल्ड देखिएको छ ।थाई–हाई स्लिट रेड ड्रेसमा सजिएकी मानुषीका तस्बिरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक भएका हुन्। उप्त तस्बिर सार्वजनिक भएसंगै सामाजिक संन्जालमा चर्चा चल्न थालेको छ । रातो लुगामा उभिएकी मानुषीको सौन्दर्य खुलेको छ। मानुषीकी फेसन सहयोगी सिफा गिलानीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनका तस्बिरहरु सार्वजनिक गरेकी हुन्।

सिंगापुरमा आयोजित एक च्यारिटी कार्यक्रममा सहभागी हुन पुगेकी मानुषीले रातो लुगामा सबैको वाहवाही पाएकी छन्। उनले यस रातो पहिरनका साथमा गोल्ड स्ट्रैप्ड हिल्स लगाएकी छन्। छाडेको कपाल, नसालु आँखा, रातो लिपिस्टिक र हल्का मेकअपमा उभिएकी मानुषीका तस्बिरलाई लिएर यतिबेला बलिउडमा चर्चा सुरु भएको छ। सन् २०१७ की मिस वर्ल्ड बिजेता मानुषी केही समय अगाडि बलिउडमा प्रवेश गर्न चर्चा पनि चलेको थिए। मानुषी पृथवीराज चौहानको बायोपिकमा अक्षयका साथ बलिउडमा डेब्यु गर्न लागेको चर्चा अहिले पनि बलिउडमा चर्चामै छ। उनले यसका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन्।