Monday, September 28, 2026
Home समाचार राष्ट्रपति शितलनिवासबाट विमानस्थल सम्म हेलिकप्टरमा

राष्ट्रपति शितलनिवासबाट विमानस्थल सम्म हेलिकप्टरमा

130

असोज २९,
काठमाडौं । म्यानमारको राजकिय भ्रमणमा निस्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विमानस्थल जान हेलिकप्टर चढेकी छन्। सडक हुँदै विमानस्थल जाँदा सवारीका कारण सडक जाम हुने भएकाले राष्ट्रपतिले हेलिकप्टर प्रयोग गरेको बताइएको छ। सवारीका कारण सडक जाम हुँदा राष्ट्रपतिको आलोचना हुँदै आएको थियो।

उनी म्यानमारमा पाँच दिने राजकिय भ्रमणका लागि जानका लागेकी हुन्। म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा भण्डारी म्यानमार जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यहाँ उनले राष्ट्रपति मिन्टसँग दुई पक्षीय भेटवार्ता गर्ने छिन्। स्टेट काउन्सिलर आङ साङ सुचीसँग भेटवार्ता गर्नेछिन्। राष्ट्रपति भण्डारीले म्यानमारमा रहेका नेपाली मुलका नागरिकहरूलाई भेट गर्ने कार्यक्रम रहेको छ। उनि सँगै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र सचिव म्यानमारका लागि जादैँछन्।