Friday, November 13, 2026
Home प्रवास अमेरिकामा कार दुर्घटना हुदाँ दुई नेपालीको मृत्यु

अमेरिकामा कार दुर्घटना हुदाँ दुई नेपालीको मृत्यु

106

असोज २७,
काठमाडौं । अमेरिकाको ओहायोको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये एकजना अवस्था गम्भीर छ। स्थानीय समाचार संस्था डब्ल्युसिएमसएचका अनुसार स्थानीय सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा राति १० बजे दुर्घटना भएको थियो। दुर्घटनामा २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको निधन भएको हो। २२ वर्षीया सिर्जना विश्वकर्मा ९कुनै माध्यममा उनको नाम तारा पनि लेखिएको छ०को माउन्ट कार्मल अस्पताल उपचार भइरहेको छ। उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ। दुर्घटनामा तीन वटा गाडी ठोक्किएका थिए। अर्को गाडीमा सवार खालेब वाट्सन र कोबी स्टिलवेललाई पनि ग्रान्ट मेडिकल सेन्टर अस्पताल लगिएको थियो। स्टिलवेलले हाँकेको विश्वकर्माले हाँकेको टोयोटा क्याम्रीसँग ठोक्किएको थियो। स्टिलवेलको कार गएर टोयोटा टकोमा ट्रकमा बज्रिएको थियो।
थाहा खबरबाट