वडा अध्यक्षले क्लबका उपाध्यक्ष टाउको फुटाइदिए

397

असोज २७,
जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका ३ का वडा अध्यक्ष डिल्ली बहादुर रावलको कुटाईबाट स्थानीय स्क्लबका उपाध्यक्ष घाईते भएका छन् । वडा अध्यक्ष रावलको कुटाईबाट वडा नम्बर ३, लिताकोट स्थित न्युभिजन युथ क्लव उपाध्यक्ष हरिबहादुर कार्की घाइते भएका हुन् । घाईते कार्कीलाई पिर्का र वियरका बोतलको प्रयोग गरेर कुटिएको हो । उनको टाउकोमा गम्भिर चोट लागेको छ । गाउँपालिका तथा वडा स्तरमा भएका अनियमितताका विषयमा स्थानीय यूवाहरु मिलेर यही असोज २४ गते प्रेस विज्ञप्ति नै जारी गरेका थिए । सोही विषयलाई लिएर दुई पक्ष बीच विवाद हुदाँ कार्की कुटिएको क्लबले जनाएको छ ।

क्लवका अध्यक्ष भिमप्रसाद उपाध्याय र सचिव सचिव अशोक न्यौपानेद्धारा हस्ताक्षेरित विज्ञप्तिमा वडा अध्यक्ष जस्तो गरिमामय पदमा रहेको व्यक्तिबाट भएको गुण्डागर्दी शैली पनि गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ । नागरिकको नजिकै बसेर सेवा दिने बाँचा गरेर आएका स्थानीय स्तरका जनप्रतिनिधिबाटै नागरिकको बोल्न पाउने हक अधिकार कुण्ठित गरेको प्रति न्यु भिजन युथ क्लवले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । उता वडाअध्यक्ष डिल्लीबहादुर रावलले आफूले हातपात नगरेको दाबि गरेका छन् । उनले उल्टै युवाले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाए । -राजधानीबाट