१८ वर्षीया सुत्केरीलाई हेलिकप्टरबाट उद्दार

76

अन्नपूर्ण पोष्ट
असोज १७, जोमसोम । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–६ घर भइ केही महिना अघिदेखि मुस्ताङको जोमसोममा ज्याला मजदुरी गरी बस्दैआएकी १८ वर्षीया आईकुमारी बिकलाई शुक्रबार साँझ ६ बजे हेलिकप्टर मार्फत उद्दार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार सुत्केरी हुन नसकेकी बिक दम्पति परिवार केही महिनाअघि काम गर्ने शिलशिलामा मुस्ताङ आएका थिए ।

कलिलो उमेरकी सुत्केरी बिकको ७ महिनाको गर्भ रहेको र शुक्रबार उनलाई सुत्केरी व्यथा लागेको थियो । पेट, दम र रक्तचापबाट पीडित उनलाई शुक्रबार दिउसो जोमसोम अस्पतालमा पु¥याइएको थियो ।
अस्पतालले सुत्केरीलाई पोखरा लैजान सिफारिस गरेको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार सुत्केरी बिरामीको अवस्था गम्भीर रहेकाले हेलिकप्टर मार्फत उद्दार गरिएको जानकारी दिए ।