Wednesday, September 23, 2026
Home पत्रपत्रिका देशभरमा एक सय ३६ तारे होटल

देशभरमा एक सय ३६ तारे होटल

100

नागरिक दैनिक /खिलक बुढाथोकी
फागुन १५, काठमाडौं । देशभर पर्यटकीय गतिविधि बढेसँगै पर्यटक स्तरीयदेखि अन्तर्राष्ट्रिय चेन होटल थपिने क्रममा छन्। भूकम्पपछि मात्रै एक खर्ब रुपैयाँभन्दा बढी लगानी होटल उद्योगमा भित्रिएको छ। ती लगानीका होटल निर्माण क्रममा छन्। सञ्चालनमा आउन अझै केही समय लाग्नेछ। निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटलको संख्या एक सय ३६ पुगेको छ। यो मुलुकभर सञ्चालनमा आएका पाँचदेखि एक तारे होटलको संख्या हो। पर्यटन विभागका अनुसार मुलुकभर पाँच तारे ११ वटा, चार तारे ६ वटा र तीन तारे होटल ३५ वटा सञ्चालनमा छन्। यस्तै दुई तारे ४७ र एक तारे होटल ३७ वटा छन्।

विभागका अनुसार होटल निर्माण भएर सञ्चालनमा आएपछि त्यसको भौतिक संरचनादेखि सेवा सुविधा हेरेर तारा प्रदान गरिन्छ। निर्माण गर्दा पाँच ताराको दाबी गरे पनि त्यस्ता होटलको मापदण्ड अनुसार मूल्यांकनपछि मात्रै होटलले ताराको गे्रडिङ पाउँछ।