सरकार पौडेलको इन्काउन्टर कि हत्या ?

184
फाइल तस्वीर

असार १०,
काठमाडौं । प्रमुख सत्तारूढ दलकै सांसदले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कुमार पौडेललाई भिडन्तका नाममा हत्या गरिएको आरोप लगाएका छन्। नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरी मुठभेडमा मारिएको भन्दै गृहमन्त्री रामबहादुर थापा र आइजिपी सर्वेन्द्र खनालले जबाफ दिएपछि प्रमुख सत्तारूढ दल नेकपाकै सांसदले आपत्ति जनाएका छन्। उनीहरूले एकतर्फी गोली हानेर पौडेललाई मारेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेकपाका सांसदहरू यशोदा सुवेदी ९गुरुङ० र रेखा शर्माले झोलामा पेस्तोल भएको व्यक्तिसँग कसरी मुठभेड भयो भन्दै गृहमन्त्री थापा र आइजिपी खनालसँग जवाफ मागे। ‘झोलामा भेटिएको पेस्तोलबाट कसरी मुठभेड भयो रु’ सांसद सुवेदीले प्रश्न गरिन्, ‘बोकेको पेस्तोलबाट दोहोरो फायरिङ हुन्छ रु सरकार द्वन्द्व नियन्त्रण वा बढावा के चाहिरहेको छ ? ’ सत्तारूढ नेकपाकै सांसद महेश्वरजंग गहतराज, समाजवादी पार्टी नेपालका सांसद रामसहायप्रसाद यादवलगायतले विप्लव समूहलाई शान्तिपूर्ण मूलधारमा ल्याउनुपर्नेमा विवादास्पद इन्काउन्टरले परिस्थिति थप जटिल हुने बताए। प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले गृहमन्त्रीले विगतको द्वन्द्व भुलेको आरोप लगाइन्।

गृहमन्त्री र आइजिपीको जवाफमा सत्तारूढ सांसदकै आपत्ति
देशलाई अशान्ति र द्वन्द्वमा जानबाट रोक्न सरकारले संयम अपनाउनुपर्ने सुझाव उनको थियो। कांग्रेसकै सांसद मीना पाण्डेले पौडेललाई प्रहरीले पेसेवर अपराधीलाई पैसा दिएर मार्न लगाएको आशंकासमेत रहेको बताइन्। ‘पौडेललाई यातना दिएर बर्बर तरिकाले हत्या गरिएको कुरा शवबाटै पुष्टि हुन्छ,’ उनले इन्काउन्टरमाथि प्रश्न उठाउँदै भनिन्, ‘हात भाँचिएको, जीउभरि नीलडाम देखिएको कुराले इन्काउन्टर भनेर कसरी पत्याउने रु’