Sunday, September 27, 2026
Home पत्रपत्रिका ‘डिजिटल हिंसा’ गरेपछि वडाध्यक्षले माफी मागे

‘डिजिटल हिंसा’ गरेपछि वडाध्यक्षले माफी मागे

127

कान्तिपुर दैनिक
असोज १७, बाँके — नेपालगन्ज उपमहानगरपालिका–८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ताले पत्रकार महिलामाथि फेसबुक म्यासेन्जरमा हिंसात्मक भाव दर्शाउने कुरा लेखेको भन्दै उजुरी दिएकी छन्।
सोही वडा निवासी चन्दा सिंहले शुक्रबार आफूमाथि हिंसा भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी दिएकी हुन् । प्रहरीले पीडित र पीडक दुवै पक्षलाई साथमा राखेर अध्यक्ष गुप्ताले सामूहिक माफी मागेका छन् । साथ कागजात गरेर अबदेखि यस्तो कहिल्यै कसैसँग नगर्ने लिखित प्रतिबद्धता पनि गुप्ताले दिएका छन् ।

बाँकेस्थित रेडियो कृष्णसार एफएममा कार्यरत चन्दाले अपांग बहिनीको परिचय पत्र बनाउन वडा कार्यालय जाँदा वडा अध्यक्षले राम्रो सहयोग गरेको बताइन् । पछि घर आइसकेपछि फेसबुकको ‘इन बक्स’ मा सामान्य च्याट भएको र कुरा गर्दै गलत आशय प्रकट हुने शब्द लेखेको देखिएकाले यो ुडिजिटल हिंसाु भएको एसपी वीरबहादुर ओलीले बताए । उनले दुवै पक्षको मिलोमतोमा माफी मागेर पीडकलाई छोडेको सुनाए । यसअघि वडा अध्यक्ष गुप्ताकै विषयमा वडा सदस्य निर्मला कनौजियाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै गुनासो गरेकी थिइन् ।