मदिराको ट्याङ्कीमा खसेर बारामा एकै परिवारका चार जनासहित पाँचको मृत्यु

139
सांकेतिक तस्विर

असोज १६,
काठमाडौं । बाराको फेटा गाउँपालिका-४ बतरामा घरेलु मदिरा बनाउने कच्चा पदार्थ राख्न बनाइएको भूमिगत ट्यांकीमा पाँच जनाको शव फेला परेको छ।जोगा मुखिया बिनको घरमा बनाइएको भूमिगत ट्यांकीमा निसास्सिएर बुधबार राति ८ बजे एकै परिवारका चारजनासहित पाँच जनाको ज्यान गएको प्रहरीले बताएको छ।

मृत्यु हुनेमा ४० वर्षीय घरधनी मुखिया, उनकी श्रीमती ३७ वर्षीया लालमुनि देवी, १० वर्षीय छोरी सुमनी मुखिया बिन, ३० वर्षीय मुखियाका भाइ महेन्द्र मुखिया बिन र भारतीय नागरिक कुल चन्द्र माझी मिस्ट्री रहेका जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रनवीर सिंह राठोरले जानकारी दिए।

केही दिनअघि मात्रै प्रहरीले उनीहरूको भट्टीमा राखेको रक्सी नष्ट गरेको थियो। प्रहरीबाट बचाउन उनीहरूले गोप्य कोठा बनाएको र त्यहीँभित्र निस्सासिएर मृत्यु भएको हुन सक्ने डिएसपी राठोरले बताए।