शुभज्योती सहकारीको आठौँ वार्षिक साधारण सभा सम्पन्न

361

असोज १५,

भक्तपुर । शुभज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार संस्थाका शेयरधनी, सदस्यहरुको उपस्थितीमा भक्तपुर नगरपालिका वडा नम्बर-१० कमलविनायकमा रहेको कार्यालयमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाको आ.व. ०७५/०७६ को आर्थिक प्रतिबेदन अनुसार २०७६ असार मसान्तसम्म शेयर पुँजीतर्पm रु. ९०,९८,६०० रहेको र सोही मितिसम्म वासलाततर्पm पुँजी तथा दायित्व विभिन्न शिर्षक गरि कुल ४९,८१८,३९४ रहेको जानकारी दिएको छ । संस्थाको आम्दानी र खर्च विवरण तर्पm भने यस बर्षको कुल आम्दानी रु . ७८,२३,२४७।०५र खर्च रु. ७,३९,६०,८२।०५ भएको कोषध्यक्ष राजु अधिकारीको प्रतिवेदनमा उल्लेख छ ।

आगामी वर्षमा पनि संस्थाको कार्यक्षेत्र भित्र बसोबास गर्ने जनसमुदाय समक्ष सदस्यता वितरण वृद्धि गर्ने बचत संकलन, शेयर वृद्धि लक्ष्य लिएको व्यवस्थापक मणिराम तिम्सिनाले जानकारी दिएका छन् । सदस्यहरुले मासिक बचत, दैनिक बचत, बाल बचत, पेवा बचत, जेष्ठ नागरिक बचत, साधारण बचत तथा संस्थामा आवद्ध सदस्यहरुको आर्थिक कारोबार संस्थाबाट अझ व्यापकरुपमा गर्ने गराउने जानकारी संस्थाले दिएको छ ।