काठमाडौंको टोखाबाट ५ लाख घुससहित ओभरसियर पक्राउ

202
सांकेतिक तस्विर

असोज १५,
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुससहित एक जना ओभरसियरलाई काठमाडौंको टोखाबाट नियन्त्रणमा लिएको छ ।
लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा।लि।काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

टोखा नगरपालिकाले भवन निर्माण सम्पन्न गरेको प्रमाण(पत्र उपलब्ध गराउने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा टङ्गालबाट खटेको अख्तियारको कार्यालय परिसरबाटै उनलाई मंगलबार नियन्त्रणमा लिएको कोइरालाले बताए ।