भक्तपुरका शिक्षक खड्कालाई राष्ट्रीय शिक्षा सेवा सम्मान

480

असोज १२,
भक्तपुर । भक्तपुर शिक्षक संजय खड्कालाई सम्मान गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा खड्कालाई राष्ट्रीय शिक्षा सेवा सम्मान-२०७६ बाट पूर्व सभामुख एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेवाङले सम्मान गरेका छन् । निरन्तर १५ वर्ष देखि शिक्षा क्षेत्रमा लागेर युवा अवस्थामा नै शिक्षाको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन गराउन र देशको शैक्षिक स्तरलाई सुदृढ पार्न गरेको सेवाको कदर गर्दै नागरिक एकता समाजले सम्मान प्रदान गरेको हो । खड्का सूर्यविनायक नगरपालिका वडा ९ भातेढिकुर स्थित मदरल्याण्ड स्कुलका प्राचार्य हुन् ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रका २३ जनालाई सम्मान गरिएको थियो १ वरिष्ठ मृगौला विशेषज्ञ डा।ऋषिकुमार काफ्ले, नेपाल विद्युत प्राधिकरणका निवर्तमान निर्देशक रविन्द्र महासेठ, वरिष्ठ गायिका कुन्ती मोक्तान, नागरिक दैनिककी वरिष्ठ संवाददाता रुवी रौनियार लगाएतलाई सम्मान प्रदान गरिएको थियो ।