Friday, September 18, 2026
Home समाचार जलवायु परिवर्तनको असर रोक्न युनि नेपाल युवा समितिको र्‍याली

जलवायु परिवर्तनको असर रोक्न युनि नेपाल युवा समितिको र्‍याली

273

असोज १२,
काठमाडौ । युनि नेपाल युवा समितिले जलवायु परिवर्तनबाट विश्व वातावरणमा पर्न गएको असरलाई न्यूनीकरण गर्न दबाबमूलक र्‍याली गरेका छन् । काठमाडौको माइतीघरमा जम्मा भई युनि नेपाल आबद्ध सदस्यहरुले यस्तो कार्यक्रम गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै युनि नेपालका अध्यक्ष शंकर लामिछानेले ठोस परिणाम देखिने गरि तत्काल कार्बन उत्सर्जन घटाउने हो भने अझै जलवायु परिवर्तनका अत्यन्त खराब असरहरुबाट जोगिन सक्ने झिनो आशा रहेको बताउनु भयो । यसैगरी युनि नेपाल युवा समितिका अध्यक्ष वरुण खड्काले समुन्द्री सतह तिव्र रुपमा बढी रहेको,हिउँ पग्ली रहेको,अतिवृष्टी, अनावृष्टी , विभिन्न प्रजातिका जिवजन्तुहरु लोप हुन थालेको , तापक्रम वृद्धि हुदै गईरहेको जलवायु परिवर्तनकै असर भएको उल्लेख गर्नु हुदै विश्वको ध्यान यसको न्यूनीकरण गर्नेमा हुनु पर्ने माग गर्नु भयो ।