क्यानडामा नेपाल र यूएईबीच हवाई सम्झौता

127

असोज १२
काठमाडौं । नेपाल र युनाइटेड अरब इमिरेट्स ९यूएई० बीच हवाई सम्झौता भएको छ । सम्झौता क्यानडामा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सम्मेलनका दौरानमा भएको हो । सम्झौतामा नेपालका तर्फबाट पर्यटन मन्त्री योगेश भट्टराई र यूएईएका तर्फबाट त्यहाँका अर्थमन्त्री सुल्तान विन सइदले हस्ताक्षर गरे ।

यी दुई मुलुकबीच यसअघि नै प्रारम्भिक द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । शनिबार भएको सम्झौताले वायुयान सञ्चालनका क्रममा प्रदान गरिने सेवा सुविधा प्राप्तिमा सहज हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । अब भन्सार सहुलियत, आयकर उपयोग शुल्क सहज हुने आचार्यले बताए । दुई देशबीच कुनै विवाद भएमा त्यसको समाधानका लागि पनि सम्झौता सहयोगी हुने आचार्यको मत छ ।