आइतबारदेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक

94

असोज १०,
काठमाडौं । यातायात व्यवस्था विभागले आइतबारदेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ। विभागले दसै‌मा काठमाडौ‌ बाहिर जाने र आउने यात्रुलाई सहज गराउन भन्दै आइतबार १२ गतेदेखि १८ गतेसम्मका लागि १० चक्के र सो भन्दाका माथिका सवारीको आगमनमा रोक लगाइएको हो।

त्यस्ता सवारीसाधनहरुलाई चितवनको नारायणघाटमै रोकिने विभागले जनाएको छ। अति आवश्यक खाद्यान्न सामाग्री, कपडा, औषधि, तरकारी लगायतका सामाग्रीहरु बोकेका सवारीलाई भने भित्रिन पाउने छन्।