असोज १०,
काठमाडौं । निर्माता तथा निर्देशक अशोक शर्माले अल्लारे २ बनाउने भएका छन् । अर्को दशैंमा प्रदर्शन गर्ने गरी शर्माले सुपरहिट फिल्मको सिक्वेल बनाउने भएका हुन् । असोज १० गतेदेखि प्रदर्शनमा आएको फिल्म रातो टिका निधारमाको समाप्तीमा आगामी प्रस्तुती अल्लाले २ आगामी दशैं २०७७ भनी उल्लेख गरिएको छ । निर्माता तथा निर्देशक शर्माले अगामी दशैंको छेकोमा आउने गरी अल्लारे २ बनाइने बताए । उनले भने, ‘कथाको एक लाइन मात्रै तयार गरेका छौं । यसैले कलाकार यही छन् भनेर भन्ने अवस्था छैन ।’ साम्राज्ञी र अंकितको जोडी ‘अल्लारे २’ मा दोहोरिने सम्भव छ त ? प्रश्नमा शर्माले भने ‘यो चाहिं अहिले भन्न सकिंदैन् । स्क्रिप्ट तयार भएपछि कलाकार छनोट गर्छौं ।’ यद्पी आफुले काम गर्दै आएका मिलनसार कलाकार ‘अल्लारे २’ मा रहने छन्। राजेश हमाल, करिश्मा मानन्धर र अशोक शर्मा स्वंयमको अभिनय रहेको ‘अल्लारे’ आफ्नो पालाको सुपरहिट फिल्म हो । आज देखि शर्माको निर्देशनमा रहेको चलचित्र राटो टिका निधारमा देशभर प्रदर्शनमा आएको छ ।