Sunday, September 27, 2026
Home राजनीति अर्को निर्वाचनमा कांग्रेसको विकल्प छैन

अर्को निर्वाचनमा कांग्रेसको विकल्प छैन

207

असोज ८,
दोलखा । नेपाली कांग्रेसको दास्रो जागरण अभियान अन्तर्गत मंगलवार दोलखाको जिरिमा आयोजित समापन सत्रमा आगामी निर्वाचन जित्ने गरि पार्टीका गतिविधि संचालन गर्ने नेताहरुले दावी गरेका छन् । केन्द्रिय प्रतिनिधिहरुको रुपमा खटिएका नेता द्धय रामचन्द्र खड्का गणेश लामाले पार्टीको आन्तरिक व्यवस्थापन सरकारको गलत कार्यको भण्डाफोर गर्दै कार्यकर्तालाई प्रशिक्ष्ँित गर्दै गाउँ टोल सम्म परिचालन गर्दा आगामी निर्वाचन दोलखामा कांग्रेसले जित्ने दावी गरेका थिए । सरकार दिनानुदिन अलोकप्रिय हुदै गएकाले नेपाली अर्थतन्त्र टाट पल्टने दिशा तर्फउन्मुख भएको दचेखिन्छ । त्सैले आगामी निर्वाचनमा कांग्रेसको विकल्प छैन भन्दै युवा नेता गणेश लामाले सम्भावित दुर्घटणावाट मुलुक जोगाउन आगामी निवर्mाचन नेपाली कांग्रेसले जित्नै पर्ने विचार व्यक्त गरे ।

त्यस्तै नेता रामचन्द्र खड्काले सबै तहवाट विपक्षीको भुमिका निर्वाह गर्न आग्रह गर्दै भने यो नसरकार पत्तचायत भन्दा पनि खराव राणाहरुकै शैलीमा अगाडी बढेकोले आगामी निर्वाचनमा कांग्रेसलाई जनताले रोज्ने नेता खड्काले दावी गरे । दोलखा जिल्ला सभापति रुद्र बहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्नेहा थामीको नेतृत्वमा नेकपा परित्याग गरि बिस जना युवहरु नेपाली कांग्रेसमा प्रवेस गरेका थिए ।