प्रहरी थप्न सिफारिस

244

कान्तिपुर दैनिक
असोज ४, काठमाडौँ — गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६ सय दरबन्दी थप्न सिफारिस गरेको छ । ३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र २ उपरीक्षक (एसपी) सहित ३ हजार ५ सय ९६ दरबन्दी थपको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’ ९ओएनएम० नबनाई गृहले दरबन्दी थप्न प्रस्ताव गरेको हो ।
गृहमन्त्री रामबहादुर थापाले स्वीकृत गरेको उक्त प्रस्ताव गृहसचिव प्रेमकुमार राईले मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष पेस गरेका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट दरबन्दी थपको प्रस्ताव स्वीकृत हुने गृहका एक अधिकारीले जानकारी दिए ।पछिल्लो अभिलेखअनुसार प्रहरीमा प्राविधिक र गैरप्राविधिकतर्फ ७५ हजार ९ सय २७ को दरबन्दी रहेकामा करिब ४ हजारको पदपूर्ति हुन सकेको छैन । कायम दरबन्दीमै पदपूर्ति नभएका बेला गृहले प्रहरी संख्या बढाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको हो । प्रस्ताव पारित भए सरकारलाई दीर्घकालीन रूपमा आर्थिक भार बढ्नेछ । एकजना प्रहरीलाई भर्नादेखि तालिम सकेर कार्यक्षेत्र पठाउँदासम्म ५ देखि ८ लाख रुपैयाँ खर्च हुन्छ । सम्बन्धित प्रहरी सेवामा रहँदाबाहेक उसको अवकाश र प्रहरीका पतिरपत्नीका लागि समेत सरकारले आर्थिक दायित्व बेहोर्नुपर्छ ।